images

दुबिधा नरहोस् अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचै वर्ष आफूले नै सरकारको नेतृत्व गर्ने उद्घोष गरेका छन् । कहिले कांग्रेस त कहिले एमालेसँगको सहकार्य गर्दै सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डले पाँचै वर्ष आफैँले सरकारको नेतृत्व गर्ने बताएका हुन् ।

सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’पछि बुधवार सिन्धुलीको सुनकोशी गाउँपालिकामा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले अनेक गरेर पनि सरकारलाई पूरै अवधि चलाउने बताएका हुन् । उनले भने, ‘अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ, दुबिधा नरहोस् ।’

प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेटमार्फत आम नागरिकमा भरोसा स्थापित गर्ने प्रयास गर्ने समेत आश्वासन व्यक्त गरेका छन् ।