images
images

राष्ट्रपति पाैडेलका सल्लाहकारलाई बर्खास्त गर्न माग 

काठमाडौं– राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग गरिएको छ । सरकारले हालै मन्त्रीपरिषद्को बैठकबाट एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णयको विरोध गरेको भन्दै उनलाई बर्खास्त गर्नुपर्ने माग उठेको हो ।
पूर्व मन्त्री एवम् भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेल, लेखक तथा पत्रकार कनकमणि दीक्षितलगायतले आज संयुक्त वक्तव्य जारी गर्दै सल्लाहकार नेपालको बर्खास्तीको माग गरेका हुन् ।
‘राष्ट्रपति कार्यालय मौन रहेको अवस्थामा सरकारको निर्णयलाई अन्तर्राष्ट्रिय मान्यता विपरीत र अविवेकी भन्ने सल्लाहकार चिरञ्जीवी नेपालका सार्वजनिक अभिव्यक्ति राष्ट्रपति रामचन्द्र पौडेलकै तर्फबाट आएको भनी हामी बुझ्न बाध्य छौं’, वक्तव्यमा भनिएको छ, ’।।।साथै सल्लाहकार चिरञ्जीवी नेपाललाई तत्काल पदबाट हटाउन माग गर्दछौँ ।’
सल्लाहकार नेपालले केही दिनअघि बिबिसीसँगको अन्तर्वार्तामा एक सय दरको नोटमा अबदेखि पुरानो बुच्चेको सट्टा चुच्चे नक्सा राख्ने सरकारको निर्णयलाई असान्दर्भिक र अविवेकी भनेका थिए ।
हेर्नुहोस् विज्ञप्ति जस्ताको त्यस्तै