images

कांग्रेसको आकस्मिक बैठक जारी,संसदीय दलको बैठक स्थगित

काठमाडौं– नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्य समिति बैठक जारी छ । बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा केन्द्रीय समितिको आकस्मिक बैठक बसेको हो ।

पूर्व मन्त्री तथा पार्टीको पूर्व केन्द्रीय सदस्य सूर्यमान गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने आकस्मिक बैठक बसिरहेको कांग्रेस प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।

गुरुङको निधन पश्चात् आज बस्ने भनिएको कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ ।

शुक्रवारदेखि सुरु हुने संसद् बैठकमा पार्टीको रणनीति तय गर्न कांग्रेसले बिहीबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन ल्होत्से हालमा बैठक बोलाएको थियो ।

कांग्रेस संसदीय दलको कार्यालयका अनुसार अब संसदीय दल कार्यसमितिको बैठक शुक्रवार बिहान ८ बजे र संसदीय दलको बैठक ८ः३० बजे तय गरिएको छ । गुरुङको वैशाख २५ गते निधन भएको थियो भने आज अन्त्येष्टि गरिँदै छ ।