images

कोशीको मुख्यमन्त्रीका लागि हिक्मत कार्कीले गरे दाबी पेस

काठमाडौं– कोशी प्रदेशमा नेकपा एमालेका हिक्मत कार्कीले माओवादी सहितको समर्थन जुटाउँदै नयाँ सरकार गठनको दाबी पेस गरेका छन् । एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री बनाउन एमाले र माओवादी मिलेर प्रदेश प्रमुखकहाँ दाबी गरेका हुन् ।

संविधानको धारा १६८९५० अन्तर्गत सरकार गठनको आव्हान भएअनुसार गठबन्धनका मुख्य घटकले सरकार गठनका लागि दाबी गरेका हुन् ।

कार्कीलाई ५२ जना सांसदहरूले समर्थन जनाएका छन् । कांग्रेसका केदार कार्की भने प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गरेकाे प्रक्रियाकाविरूद्द सर्वाेच्च अदालत जाने भएका छन् ।