images

पूर्व न्यायाधीशको निधनपछि सर्वोच्चका सबै सुनुवाइ स्थगित

काठमाडौं– पूर्व न्यायाधीश हरिजंग सिजापतिको निधन भएको छ । पूर्व न्यायाधीश सिजापतिको निधनपछि सर्वोच्च अदालतमा तोकिएका सबै पेशीको सुनुवाइ स्थगित भएका छन् ।

पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आजका लागि स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ । आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारसम्बन्धी विवादको सुनुवाइ हुने तय भएको थियो । तर पेशी नै स्थगित भएपछि सुनुवाइ नहुने भएको हो ।