images

जलेश्वर नगरपालिकाका मेयर,उपमेयरसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं– महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सेनार र उपमेयर रौशन खातुनसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जलेश्वर नगरपालिका–१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सेनार, उपमेयर खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वडा नं १ का अध्यक्ष अनिलकुमार झा, अरू कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले उक्त योजनामा भएको काम भन्दा ५ लाख ८४ हजार ६३७ रुपैयाँ बढी भुक्तानी भएको भन्दै सबै जनासँग त्यति रकम बिगो माग दाबी गरेको छ । भ्रष्टाचार मुद्दा लाग्ने अन्य कर्मचारीमा अधिकृत छैटौँ धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सव–इन्जिनियर दीपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवी रहेका छन् ।