images

कोशी प्रदेशको सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं–कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

बिहीबार निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग माग गर्दै रिट दायर गरेका हुन् ।

साथै उनले कार्कीलाई मुख्यमन्त्रीको कामकारबाही नगर्न नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न, नगराउन समेत अन्तरिम आदेश माग गरेका छन् । बिहीबार बिहान एमाले संसदीय दलका नेता कार्कीले ५२ सांसदको समर्थसहित दाबी पेस गरे लगत्तै प्रद्श प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । रिटको पेशी शुक्रबारका लागि तोकिएको छ ।