images

रविलाई संसदमा बोल्न नदिने कांग्रेसको निर्णय 

काठमाडौं–प्रमुख प्रतिपक्षी दल  नेपाली कांग्रेसले गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई बोल्न नदिने निर्णय गरेको छ ।

आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा कांग्रेसले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको हो ।

शुक्रवार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । कांग्रेसले रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न भने दिने कांग्रेसले जनाएको छ ।