images

संसद् बैठक अघि एमालेले बोलायाे संसदीय दलको बैठक

काठमाडौं–सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बोलाएको छ । संसद् बैठक बस्नु अघि एमालेले एमालेको धारणाबारे प्रस्ट पार्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठक शुक्रवार साढे ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बैठक बोलाइएको छ ।

संसद्को अधिवेशन आज दिउँसो २ बजे सुरु हुँदै छ । जसअनुसार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा नेताहरूलाई बोल्न दिने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने रवि लामिछानेलाई गृहमन्त्रीको रूपमा बोल्न नदिने भएको हो । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।