images

इतिहासमै सबैभन्दा ठुलो राजनीतिक अपराधीकरण अहिले भएको छः पूर्व सभामुख ढुङ्गाना

काठमाडौं–पूर्व सभामुख दमननाथ ढुङ्गानाले नेपालको इतिहासमै सबैभन्दा ठुलो राजनीतिक अपराधीकरण भइरहेको बताएका छन् ।

नेपाली कांग्रेसका नेता स्व.प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै बिहीबार ढुङ्गानाले उक्त कुरा बताएका हुन् । उनले अहिलेको संविधान बचाउन नै चुनौती रहेको बताए । उनले अहिलेको संविधानको बिनिफेट गुम्ने चरणमा पुगेको बताए । उनले वर्तमान संविधानलाई रिभुलेसनी संविधानको संज्ञा दिँदै उनले यस संविधानले देशलाई बोक्रो बनाइरहेको जिकिर गरे । उनले वर्तमान संविधानलाई रिभ्यु गरे मात्रै बचाउन सकिने बताए । उनले कम्युनिस्ट सरकारले श्रमिक, मजदुरको हितमा काम नगरेको जिकिर गरे । उनले अहिले भइरहेका भ्रष्टाचार राजनीतिक दलको संरक्षणमा नै भइरहेको दाबी गरे ।

उनले भने, ‘अहिलेको कम्युनिस्ट पार्टीहरूले चलाएको सरकार हेर्नुस् त ? कहिले श्रमिक, मजदुरको हित गरेका छन् ? पहिला दरबार दरबारको नाममा अपराधीकरण गर्दथ्यो । अहिले त्यस्तै भएको छ । पार्टीहरू नै दरबार भएका छन्, अपराधी काम गरिरहेका छन् । भ्रष्टाचारका कुरामा कुनै न कुनै नेताहरू संलग्न भएकै छन् । अहिले जति भ्रष्टाचार र अपराध भइरहेको छ, त्यो सबै दल संरक्षित भइरहेको छ । यो देशको लागि खराब कुरा हो । कसरी यो संविधानलाई बचाउने की नबचाउने ? यो सोच्नुपर्छ , जनताले अर्नरसिप लिएका छैनन् । डेलिभरी भएको छैन । जनताका लागि सामाजिक सुरक्षा, रोजगारी दिएको भए जनताले स्वीकृति दिन्थे, त्यो छैन । नेपालको इतिहासमै सबैभन्दा ठुलो राजनीतिक अपराधीकरण अहिले भएको छ । कसरी संविधान बचाउन सकिन्छ भन्ने चुनौती छ । अहिलेको संविधानको बिनिफेट पनि हामी गुमाउँदैछौं । यो रिभुलेसनी संविधान हो । यसले देशलाई बोक्रो बनाइरहेको छ । यसलाई राम्रो बनाउन सकिन्छ की सकिँदैन यो चुनौती हो । यसलाई छोड्दा पनि र यसै रूपमा राख्दा पनि समस्यामा पर्छौँ । यो संविधानलाई रिभ्यु गर्नुपर्छ ।’

पूर्व सभामुख ढुङ्गानाले अहिलेका तीन मुख्य दलहरू संविधानको रिभ्यु गर्न सामर्थ्य राख्ने नभएको जिकिर गरे । अहिलेको संविधानको विरुद्धमा जनता जाइलाग्ने अवस्थामा रहेको बताए । वर्तमान संविधान संविधान शास्त्रअनुसारको नरहेको बताए । उनले वर्तमान संविधान माओवादीहरूसँग तत्कालीन मुख्य पार्टीहरु एमाले र कांग्रेस मिलेर माओवादीको हतियार बिसाउने र राजतन्त्र फाल्ने कुरामा मात्रै सहमति भएको बताए । अहिलेको संविधान पलपुर बेसमा नबसेको र पलपुर बेसमा नबसेको संविधानले जनआन्दोलन निम्त्याइरहने जिकिर गरे ।