images

प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक भइसक्योः उपाध्यक्ष भुसाल

काठमाडौं–नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्ने आवश्यकता निर्माण भइसकेको बताएकी छिन् ।

कांग्रेस नेता स्वर्गीय प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएकी हुन् । उनले जनमत पाउनेले ५ वर्ष शासन गर्न सक्ने अवस्थाको सिर्जना गर्ने गरी प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक देखिएको बताइन् । उनले प्रत्यक्ष निर्वाचन विधिमा वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने विधि नै अहिलेको आवश्यकता रहेको बताइन् । उनले राजनीतिक स्थिरता कायम भए मात्रै विकास निर्माण अघि बढाउन सकिने प्रस्ट पारिन । उनले राजनीतिक झैँ अहिले आर्थिक रूपमा पनि नेपालमा चुनौती बनेको बताइन् । उनले सहकारीले आर्थिक मार्गमा ठुलो दरार ल्याउने काम गरिरहेको बताइन् ।

उनले भनिन्, ‘म पहिला प्रत्यक्ष निर्वाचित कार्यकारी भन्नेमा एकदमै सहमत हो । तर मैले पछिल्ला राजनीतिक घटनाक्रम र अन्तर्राष्ट्रिय स्तरमा भइरहेको घटनाहरू हेर्दा को आउने हो ? के हुने हो भन्दा, कता जाने हो भन्ने प्रश्न त हुन्छ । तर जनताले जसलाई समर्थन गर्दछन्, जसले जनमत पाउँछ उसले ५ वर्ष शासन गर्न सक्ने अवस्थाको सिर्जना गर्नुपर्छ । अन्यथा हामी यही राजनीतिक अस्थिरताभित्र एक वर्षमा तीन पटक प्रधानमन्त्रीको विश्वासको मत लिने, त्यही सापेक्षतामा हामी सङ्घीयताको मुख्यमन्त्री फेर्ने अनि यसका निम्ति हुने/नहुने जे थियो, त्यो हुने काम हुन्छ । प्रत्यक्ष निर्वाचन विधिमा वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने विधितिर हामी जानुपर्छ । यसले राजनीतिक स्थिरता कायम हुन्छ । राजनीतिक स्थिरता कायम भयो भने मात्रै विकास निर्माण अघि बढाउन सक्छौँ । राजनीतिमा जस्तै अहिले आर्थिक रूपमा चुनौती बनेको छ । सहकारीको समस्या जटिल छ । सहकारीले आर्थिक मार्गमा ठुलो दरार ल्याउने काम भएको छ ।’

उपाध्यक्ष भुसालले राजनीतिक स्थायित्व दिने र अहिलेको परिवर्तनलाई बलियो बनाउने गरी अघि बढ्न जरुरी रहेको बताइन् । उनले अहिले नयाँ सहमतिमा अघि बढ्ने आवश्यकता रहेको बताइन् । उनले राजनीतिक अस्थिरता पैदा भएको र यसलाई स्थायित्वका लागि अघि बढाउन जरुरी रहेको बताइन् ।