images

सदनमा प्रश्नको घाँटी निमोठिने प्रयास हुँदैछः गगन थापा

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सदनमा प्रश्नको घाँटी निमोठिने प्रयास भएको आरोप लगाए । उनले सभामुखलाई कांग्रेस सदनको ठुलो दल भएको स्मरण गराउँदै कांग्रेसलाई सामान्य रूपमा नलिन आग्रह गरे ।

उनले कांग्रेसको ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनु पर्ने बताए । उनले रवि लामिछानेको बचाउका लागि प्रधानमन्त्रीले झुट बोलेको,महान्यायाधिवक्ताको कार्यालयको दुरुपयोग भएको आरोप लगाए । उनले संसदीय छानबिन समिति नबन्दासम्म कुनै पनि हालतमा सदन नचल्ने उद्घोष गरे । उनले सदनको कुनै काम कारबाही अघि बढ्ने क्रममा कुनै प्रक्रिया अघि नबढ्ने बताए ।