images

कांग्रेसको नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नारावाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । सदन सुरु हुने वित्तिकै विरोध जनाएको कांग्रेसले सदनभित्रै चर्काे रुपमा नाराबाजी गरेको थियो ।

सहकारी ठगीलाई कार्बाही गर,सहकारी पीडितलाई न्याय दे जस्ता नारा लगाएका थिए । सभामुख देवराज घिमिरेले कांग्रेसको विरोधका बाबजुद सदन चलाउन खोजेपछि कांग्रेस सांसदहरु आशनबाट उठेर सभामखुको आसन तर्फ अघि बढ्दै बेल घेराउ गरेका थिए । पछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।