images

वीरेन्द्र बजारमा एक पुरुष मृत अवस्थामा फेला 

जनकपुरधाम–धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित  रहेका वीरेन्द्र बजार नजिक  एक पुरुष सब फेला परेका छन् ।

गणेशमान चारनाथ नगरपालिका वडा नं. १ को ४० वर्षीय शिव चरण महराको शव फेला परेको हो ।  शुक्रवार बिहान ११ बजे उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 युवकले रक्सी खाएको कारण मृत्यु भएको हुन सक्ने आशङ्का स्थानीयले गरेका छन् । महराको शवलाई पोष्टमाटमका लागि जनकपुर प्रादेशीक  अस्पताल पठाएको हो ।

मृत्यु कसरी भएका हो भने खुल्न सकेका छैन, उनको थप अनुसन्धान भई रहेको  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रंजन अवाले जनकारी दिए ।