images

कोशी प्रदेशका मुख्यमन्त्री विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं–कोशी प्रदेश सरकारका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

शुक्रवार उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले संविधानको व्याख्यासँग जोडिएकाले पूर्ण सुनुवाइबाट निरूपण हुनुपर्ने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख र मुख्यमन्त्री कार्कीविरुद्ध रिट दायर गरेका थिए । साथै उनले रिट मार्फत अन्तरिम आदेशको माग गरेका थिए । पूर्ण सुनुवाइका लागि जेठ ९ गते तोकियो पेशी ताेकिएकाे छ ।