images
images
images

काठमाडौंमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु, चार पक्राउ  

काठमाडौं–काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

गए राति दुई समूहको झडपमा परि  मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

उनले भने, गए राति दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।ु

धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा परीक्षणका लागि राखिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीको भनाई छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS