images
images
images

संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मकः नेता लेखक

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । आइतबार प्रधानमन्त्री प्रचण्डले कांग्रेसका शीर्ष नेताहरूसँग बालुवाटारमा संसद्को गतिरोध खुलाउने विषयमा छलफल गरेका थिए ।

उक्त छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले सहकारी प्रकरणको अनुसन्धानका लागि संसदीय समिति बनाउन सकारात्मक भएका बताएका हुन् । प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीसँग कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन हुनुपर्ने अडान राखेको जानकारी दिए ।

लेखकले भने, ‘सहरकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा प्रधानमन्त्रीज्यूसँग कुराकानी भयो। प्रधानमन्त्रीज्यूले सकारात्मक ढङ्गले लिनुभएको छ । सकारात्मक कुरा नै छ । हामीले हाम्रो कुरालाई यथावत् राखेका छौं ।’

प्रमुख सचेतक लेखकले कांग्रेसले सोमबार बस्ने संसदीय दलको बैठकबाट थप निर्णय गर्ने पनि बताए । उनले भने,’भोलि हाम्रो संसदीय कार्यसमितिको बैठक १ बजे र संसदीय दलको बैठक २ बजे छ, त्यहाँबाट निर्णय गर्नेछौँ ।’

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS