images
images
images

सन्दीपको न्यायको लागि भन्दै सर्वोच्च परिसरमा प्रदर्शन गर्ने डा. भुसाल पक्राउ

काठमाडौं–बलात्कारको मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा प्रदर्शनमा उत्रेका निकोलस डा. निकाेलस भुसाल पक्राउ परेका छन् । अदालत परिसर अगाडि नाराबाजी गरेको आरोपमा भुसाल पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार भुसाललाई आइतबार साँझपख नियन्त्रणमा लिइएको हो। सन्दीपको मुद्दाको फैसला तत्काल गर्नुभन्दै भन्दै नाराबाजी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनी अहिले पनि प्रहरी हिरासतमै रहेको प्रहरीले जनाएको छ । सन्दीपको मुद्दा जिल्ला अदालतबाट फैसला भएको भए पनि उच्च अदालतमा भने सुनुवाइ हुन बाँकी रहेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS