images
images
images

इतिहासकार ज्ञानमणिको निधन

काठमाडौं– इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ।

९२ वर्षीय नेपालको मनमोहन कार्डियोथोरासिक सेन्टर, महाराजगञ्जमा उपचारका क्रममा मङ्गलवार साढे १२ बजे निधन भएको उनका छोरा सन्तोष नेपालले जानकारी दिए।

रुघाखोकी र ज्वरोले सताएपछि वैशाख २१ गते सिभिल अस्पताल लगिएका उनलाई मुटुमा समस्या देखिएपछि मनमोहन कार्डियोथोरासिक सेन्टर लगिएको थियो। उनको सीसीयू कक्षमा राखेर उपचार भइरहेको थियो।

चिकित्सकका अनुसार उनलाई हृदयाघात भएको थियो। हृदयाघातका कारण विभिन्न अङ्गमा क्षति पुगेको थियो। दुवै मिर्गौलामा समस्या आएर तीन पटक डाइलसिस गरिएको थियो।

उनकाे चर्चित पुस्तक मध्ये ‘नेपालको महाभारत’, ‘नेपाल निरुक्त’, ‘यात्रा त्रयी’, ‘नेपालनिरुपण’, ‘नेपाल-भोटचीनसम्बन्धनका केही सांस्कृतिक पक्ष’ लगायतका बहुचर्चित उल्लेखनीय पुस्तक हुन् । नेपाल नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अग्रणी मानिन्छन् । नेपालका २ छोरा छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS