images
images
images

प्रतिपक्षीका माग तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीलाई सभामुखको आग्रह

काठमाडौं–सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिपक्षी दलले उठाएका माग तत्काल पूरा गर्न अपिल गरेका छन् । बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तामा सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्दै आइरहेको संसद् अवरोधको विषयमा छलफल भएको थियो ।

सभामुखले संसदबाट विधेयकहरू पारित हुन नसकिरहेका बेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको बताउँदै तत्काल निकास खोज्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

सभामुख घिमिरेले संसद् सुचारु भए केही विधेयक तत्कालै पारित गर्न सकिने अवस्थामा रहेको, केही विधेयकलाई समितिमा पठाउन सकिने बताउँदै राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको सन्दर्भमा प्रतिपक्षीसँग तत्कालै सहमति गर्न आग्रह गरेका हुन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले आज सत्तापक्षका नेताहरूको बैठक बस्ने तयारी भएको जानकारी दिँदै भोलि बस्ने बैठक खुलाउने गरी निर्णयमा पुग्ने विश्वास दिलाएका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS