images

एमाले संसदीय दलको बैठकमा शङ्कर पोखरेल र युवराज खतिवडाको सहभागिता

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठकमा एमालेका दुई नेता शङ्कर पोखरेल र युवराज खतिवडा समेत सहभागी भएका छन् । बैठकमा एमालेले महासचिव शङ्कर पोखरेल र पूर्व अर्थमन्त्री डा। युवराज खतिवडालाई पनि सहभागी गराएको छ। उनीहरू दुवै जना सङ्घीय सांसदको भूमिकामा छैनन् ।

एमालेले यी दुवै जनालाई आगामी बजेट निर्माण र कांग्रेसले संसद्‍मा गरिरहेको अवरोधबारे छलफलका लागि सहभागी गराएको हो । खतिवडा एमालेका अर्थ विज्ञ हुन् । बैठकमा एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको संसद् अवरुद्धबारे प्रतिवाद गर्नुपर्ने,सरकारका नीति तथा कार्यक्रम केन्द्रित छलफल गर्नु पर्ने लगायतका विषयमा छलफल गर्न निर्देशन दिएका थिए ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति मागेकोबारे पनि बैठकमा छलफल भइरहेको संसदीय दलमा सहभागी एक सांसदले जानकारी दिए ।