images
images

सन्दीपले पाए सफाई

काठमाडाैं–क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्धामा दोषि देखिएकाल सन्दीप लामिछाने उच्च अदालत पाटनबाट सफाइ पाएका हुन् ।

न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला सदर, आंशिक सदर वा उल्ट्याउदै सन्दिपलाई निर्दोष ठहर गरेको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । उक्त फैसला विरूद्द सन्दीप पूनरावेदनका लागि उच्च अदालत पाटन पुगेका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS