images
images
images

गिरिबन्धु टी–स्टेटको जग्गा ओलीले नै बेचेका हुन्ः देउवा

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी–स्टेटको जग्गा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेलामा बिक्री गर्ने निर्णय भएको दाबी गरेका छन् ।

बिहीबार प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै आफूले आफूले गरेको निर्णय नस्वीकारेको प्रति असन्तुष्टि जनाए।

उनले भने, नेपालको राजनीतिमा ओलीजीले बोलेको कुरा बाहिर आएको गिरीबन्धु टी स्टेटको बारेमा, कांग्रेसको पालमा भएको भनेर, आफूले निर्णय गर्नुहुन्छ कांग्रेसलाई भन्नुहुन्छ, कहिले कुन बेलामा भयो भन्दिए भइहाल्यो नि, त्यसैले उहाँजस्तो नेताले यस्तो कुरा गर्न सुहाउँदैन, आफूले गरेको कुरालाई गरेको भन्नलाई के को आपत्ति रु अदालतले उहाँलाई भनेको उहाँले कांग्रेसको पालामा भन्नुहुन्छ। उहाँले यस्तो बोल्न हुँदैनथ्यो।

बुधवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठकमा कांग्रेसकै पालामा गिरिबन्धु टी–स्टेटको जग्गा विक्री भएको आरोप लगाएका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS