
काठमाडौं–सङ्घीय संसद्को बैठक सुरु हुनु अघि विपक्षी दलहरू छलफलमा जुटेका छन् । काँग्रेस सभापति शेर बहादुर देउवाको कार्यकक्ष वानेश्वरमा विपक्षी दलहरूको बैठक जारी रहेको छ ।
राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विपक्षी दलहरूको बैठकले साझा धारणा बनाउने जानकारी दिए।
सहकारी प्रकरणमा संसदीय समिति बनाउने सहमति भएसँगै आज संसद् बैठकले निरन्तरता पाउने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा गिरिबन्धु टी स्टेटका बारेमा सदनमा आवाज उठाउने जनाएको छ ।