
काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले काङ्ग्रेसमाथि धम्की दिएर तर्साउने नखोज्न चेतावनी दिएको छ ।
सोमवार संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मत लिने क्रममा कांग्रेसलाई धेरै सहयोग गरेको उल्लेख गरेको भन्दै कांग्रेसले पनि नेकपा ९माओवादी केन्द्र०लाई पनि उत्तिकै सहयोग गरेको बताए। उनले कांग्रेसलाई माओवादीले भोटको राजनीति सुरु गरेपछि मात्रै सहयोग गरेको भए पनि कांग्रेसले जङ्गलमा हुँदादेखि माओवादीलाई सहयोग गरेको दाबी गरे । उनले माओवादीलाई जङ्गलबाट संसदमा ल्याउने काम काँग्रेसले गरेको बताए । उनले गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएर काँग्रेसलाई तर्साउन नखोज्न चेतावनी दिए ।
उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजीले मैले नेपाली कांग्रेसलाई धेरै सहयोग गरेको छु । आज नेपाली कांग्रेसले जे ग¥यो, त्यसका लागि इतिहासमा भोलिका दिनमा मूल्य चुकाउनुपर्ला भन्नुभयो । मैले सम्मानित आदरणीय नेता, मैले धेरै आदर पनि गर्छु, उहाँलाई विनम्रताका साथ आग्रह गर्दछु । तपाईँले त हामीलाई भोटको राजनीतिमा आइसकेपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौँ । तपाईँलाई त जङ्गलबाट यहाँ राजनीतिमा ल्याउने कांग्रेस हो । बिर्सिनु भयो रु हतियार उठाएर यो सत्ता हतियारकै बलमा परिवर्तन गर्छु भनेर हिँड्नुभएको तपाईँलाई शान्तिमा कसले ल्याएको हो रु तपाईँ र तपाईँको पार्टीलाई शान्तिमा रूपान्तरण गरेर नेपालको एउटा राजनीतिक दलमा स्थापित गर्न काँग्रेसको सहयोग र भूमिका छैन रु यस्तो गैरजिम्मेवारपूर्ण कुरा गर्ने । भोलिका दिनमा मूल्य चुकाउनुपर्ला रु के चुकाउनुपर्छ । तपाईँहरू गैर जिम्मेवार भएर निरङ्कुशता जाने, सहकारीको रकम हिनामिना भइसक्यो । फिर्ता गराउने कार्यक्रम र कार्य योजना छैन । कारबाही गर्ने योजना छैन । नेपाली कांग्रेसका विरुद्धमा गैरजिम्मेवारपूर्ण ढङ्गबाट लाञ्छना लगाउने कुरा र बोल्ने कुरा बन्द गर्नुस् । धेरै धम्क्याएर र तर्साएर काँग्रेस धम्किने पार्टी होइन ।’
उनले संसदमा आज भएका गतिविधि अशोभनीय रहेको कांग्रेसको ठहर रहेको बताए ।