images
images
images

प्रमुख प्रतिपक्षीलाई पेलेरै अघि बढ्यो सरकार

काठमाडौं–प्रतिनिधि सभाको मङ्गलवारको बैठक सुरु भएको छ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक ढिला गरी सुरु भएको हो। बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै संसदमा नाराबाजी गरिरहेको छ ।

तर सरकारले प्रतिपक्षीलाई बेवास्ता गर्दै संसद्को कार्यसूची अघि बढाएको हो ।

सभामुख देवराज घिमिरेले बैठक सुरु गर्ने बित्तिकै कांग्रेसका सांसदहरू उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख घिमिरेले कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका छन्।

यसपछि कांग्रेस सांसदहरूले विरोध गरेका थिए। विरोधका बीच सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद प्रस्ताव राख्न समय दिएका छन्।

कांग्रेसका सांसदहरूले वेल घेराउ र नाराबाजी गरिरहेका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS