images
images

पक्राउ पुर्जी जारी भएसँगै सर्वोच्च पुगे सिरोहिया,कान्तिपुरमा प्रहरीले गर्‍यो घेराउ

काठमाडौं–कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएसँगै उनी रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन्।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले मङ्गलवार सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएका थिए।

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै जाहेरी परेपछि धनुषा प्रहरीले उनीविरूद्ध पुर्जी माग गरेको थियो।

उक्त पुर्जी जारी भएसँगै अध्यक्ष सिरोहिया रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्। उनले जिल्ला अदालत धनुषाको पक्राउ पुर्जी बदर गरिपाउँ भनेर रिट ल्याएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

उनलाई पक्राउ गर्नका लागि प्रहरी सादा पोसाकमा कान्तिपुर पब्लिकेसनमा पुगेको छ । अहिले कान्तिपुर पव्लिकेसनमा प्रहरी सहित सञ्चारकर्मीको बाक्लो भीड लागेको छ ।