images
images
images

कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा पेस

काठमाडौं–कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ ।

कान्तिपुर मिडिया ग्रुपको मुख्यालयबाट गिरफ्तारीमा परेका सिरोहियालाई आज बिहान ६ बजे जिल्ला प्रहरी कार्यालय धनुषा ल्याइएको थियो। उनलाई धनुषा प्रहरीले केही बेर अघि जिल्ला अदालत धनुषामा पेस गरेको हो । आवश्यक सम्पूर्ण कागजात तयार पारी अदालत लगिएको प्रहरीको भनाइ छ ।

अदालतले उनीमाथि थप अनुसन्धानका लागि म्याद थप गर्ने वा थुनामुक्त गरी तारिखमा राखेर अनुसन्धान अघि बढाउने भन्नेबारे आदेश गर्नेछ ।

मङ्गलवार जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि धनुषा प्रहरीको अनुरोधमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले कार्यालयबाटै पक्राउ गरेको थियो।

सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको नागरिकता किर्ते सबन्धमा गत वैशाख १६ गते उनी विरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS