
काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको थुनछेक बहस सकिएको छ । धनुषा जिल्ला अदालतमा उपस्थित गराइएका सिरोहियाको वादी र प्रतिवादी दुवै तर्फबाट बहस सकिएको हो ।
निरन्तर रूपमा कान्तिपुरले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको भन्दै समाचार प्रकाशन तथा प्रसारण गर्दै आएको थियो । तर सिरोहियामाथि नागरिकता किर्ते सम्बन्धी उजूरीका आधारमा उनको कार्यकक्षबाट गिरफ्तार गरिएको थियो ।
सिरोहियाविरुद्ध उजुरी दिने व्यक्ति नै रास्वपाका कार्यकर्ता रहेको सिरोहियाले आरोप लगाएका छन् ।