images
images
images

गृहमन्त्री लामिछानेमाथि छानबिन समिति नबनेसम्म संसद् चल्न दिँदैनौंः कांग्रेस नेता निधी

काठमाडौं–नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने बताएका छन् ।

बिहीबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सहकारी प्रकरणमा सरकारले न्यायाधीश भएर गृहमन्त्री लामिछानेलाई निर्दोष घोषणा गर्नुले झनै शङ्का उब्जिएको बताए । उनले सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको दाबी पनि गरे । अध्यक्ष सिरोहियाको साथमा नेपाली कांग्रेस रहेको भन्दै उनले सिरोहियामाथिका आरोप निराधार भएको दाबी पनि गरे ।

नेता निधीले सरकार तानाशाही, अधिनायकवादी र राज्य कब्जा गर्नेतिर उन्मुख भइरहेकाले त्यसबिरुद्ध शान्तिपूर्ण सङ्घर्ष अघि बढाउने चेतावनी दिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS