
काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल कांग्रेस सहितका दलहरू उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले आजको बैठकमा आकस्मिक,विशेष र शून्य समय नरहेको उद्घोष गरेका थिए ।
तर कांग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक आगामी १३ गते आइतबार बस्ने गरी स्थगित गरेका हुन् ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा सामेल रहेको भन्दै संसदीय समितिको गठनको माग गर्दै संसद् अवरोध गर्दै आएको छ ।