images
images
images

व्यक्तिको नाम नै किटेरै संसदीय छानबिन समिति गठन हुनु पर्ने कांग्रेसको निर्णय

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानै अडान कायमै राख्ने निर्णय गरेको छ ।

आइतबार बिहान कांग्रेस सभापति शेर बहादुर देउवाको निवासमा भएको कांग्रेसका शीर्ष नेताहरूको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री जीवन परियारले छानबिन समितिमा सङ्लन व्यक्तिको नाम उल्लेख हुनु पर्ने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएर त पुग्दैन होला । कम्तीमा त्यहाँ संलग्न व्यक्तिहरू कोको हुन् भन्नेबारेमा पनि उल्लेख नगरिकन छानबिन हुन सक्दैन भन्ने हाम्रो अडान कायमै छ ।’

तर सत्तापक्षका नेताहरू भने व्यक्तिको नाम तोक्न नहुने अडानमा छन् । जसका कारण कार्यादेशले मूर्त रूपमा पाउन सकेको छैन ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS