images
images
images

भेरीगंगाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पौडेल र तत्कालीन लेखा अधिकृत मानबहादुर ठाडाविरुद्ध ३६ लाख ७८ हजार ५४३ रुपैयाँ २४ पैसा बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै, भेरीगंगा नगरपालिका सुर्खेतका तत्कालीन इन्जिनियर विजय कुमार खत्री, सब इन्जिनियर मोतीलाल प्रसाद, योजना अधिकृत शिशिर कुमार खडका, प्रशासकीय अधिकृत पीताम्बर पौडेल, प्राविधिक सहायक उज्ज्वल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै र सह लेखापाल छविलाल सुनारविरुद्ध पनि मुद्दा दायर भएको छ ।

उनीहरू उपर मूल्याङ्कन समिति सदस्यको रूपमा सहभागी भई गलत मूल्याङ्कन प्रतिवेदन दिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना हुन माग दाबी लिइएको छ ।

यसै गरी न्यु हरि निर्माण सेवा सुर्खेतका प्रोप्राइटर हरिबहादुर बुढा क्षेत्री र नवराज कन्स्ट्रक्सनका प्रोप्राइटर नवराज ढकाल, एञ्जल कन्स्ट्रक्सन, वीरेन्द्रनगर, सुर्खेतका प्रोप्राइटर भीमबहादुर बुढा क्षेत्रीविरुद्ध २१ लाख १ हजार ६९६ रुपैयाँ ४ पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । भेरीगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा नदीजन्य पदार्थहरू ढुङ्गा बालुवा ठेक्का दिँदा कानुन मिची आर्थिक अनियमितता गरेको अख्तियारको ठहर छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS