images
images
images

गाजाको रफाहस्थित शिविरमा इजरायली आक्रमणः ४० जनाको मृत्यु

एजेन्सी–गाजा पट्टीको उत्तर पश्चिमी सहर रफाहमा आइतबार साँझ इजरायलले पालमा गरेको आक्रमणमा कम्तीमा ४० व्यक्तिको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको प्यालेस्टिनी आधिकारिक समाचार संस्था वाफाले जनाएको छ ।

इजरायली आक्रमणले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र सङ्घको राहत र कार्य एजेन्सी इन द नेयर इस्टको गोदामहरू नजिकै हजारौँ विस्थापित मानिसहरूले भरिएको क्षेत्रमा आक्रमण गरेको थियो । अप्ठ्यारो भू–भागका कारण शव निकाल्न सिभिल डिफेन्स र एम्बुलेन्स टोलीलाई निकै बाधा पर्ने गरेको स्रोतले जनाएको छ । प्यालेस्टिनी सुरक्षा स्रोतहरूले गाजाको भीड भएको क्षेत्रलाई इजरायली सेनाले हमला अघि सुरक्षित क्षेत्रको रूपमा वर्गीकृत गरेको थियो ।

आइतबार राति जारी गरेको विज्ञप्तिमा हमासले बम विस्फोटलाई रफाह विरुद्धको आक्रामकता रोक्न माग गर्ने अन्तर्राष्ट्रिय न्यायालय ९आईसीजे० को निर्णयको पूर्ण अवहेलना भनेर आलोचना गरेको छ । इजरायलले रफाहलाई हमासको अन्तिम गढ मानेको छ । जसले गाजा पट्टीलाई सन् २००७ देखि नियन्त्रण गरेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS