images
images
images

नेपाली मूलकी स्नेहालत केसी अष्ट्रेलियामा चुनाव लड्दै

काठमाडौं– अष्ट्रेलियाको क्यापिटल ट्रेरिटोरी प्रान्तमा हुन गइरहेको प्रान्तीय चुनावमा नेपाली मूलकी चेली स्नेहालता केसीले चुनावमा होमिएकी छिन्। उनले त्यहाँ हुने निर्वाचनमा प्रदेश सभा पदका लागि आफ्नो उम्मेदवारी दिएकी हुन् । सानै देखी वृद्धबृद्धाहरु र मानव सेवामा तल्लिन रहेकी स्नेहालत निर्वाचन मार्फत चुनिएर जनताको सेवामा खटिने उद्घोष गरेकी छिन् ।

स्नेहालतलाई एक सभामा अरू प्रतिस्पर्धी बीच ७ मिनेट भाषण गर्न लगाइएको थियो । उनले अन्य प्रतिस्पर्धीको भन्दा उत्कृष्ट भाषण दिएपछि सबै चकित समेत भएका थिए। स्नेहाले त्यहाँकै भाषामा आफ्नो उत्कृष्ट अभिव्यक्ति दिँदै सबैको ध्यान आफूतिर केन्द्रित गर्न सफल समेत बनेकी छिन् । उनले उनी सँगै प्रतिस्पर्धा गरिरहेका आफ्ना अन्य ३ जना प्रतिद्वन्द्वी भन्दा रोचक र समसामयिक भाषण गरेपछि उनको अभिव्यक्ति सबैले रुचाएका थिए । जसमा भोटिङ चेक पाँच सदस्यीय प्यानलमा तीन द्वारा अन्तरवार्तासँगै ५ जना जनताबाट प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । त्यसका स्थानीय जनताबाट चुनाव लड्नका लागि चुनिएकी हुन् । उनको अभिव्यक्ति सुनेपछि त्यहाँका जनताले उनलाई चुनाव लड्न अनुमोदन गरेका थिए ।

अष्ट्रेलिया क्यापिटल ट्रेटोरीमा विगत २३ वर्ष देखी लेबर नामक पार्टी सरकारमा छ । निरन्तर २३ वर्ष सम्म एउटै पार्टीको सरकार भए पनि जनताका आवश्यकता अनुसारको काम नहुँदा जनताहरूमा वितृष्णा छाउँदै गएपछि त्यहाँ अहिले नयाँ राजनीति दल स्थापन हुने क्रम जारी छ । क्याम्बेरिया प्रान्तका जनता पनि पुराना राजनीति दलको विकल्पको रूपमा पुराना राजनीति दलप्रति छाउँदै गएको वितृष्णा र निराशाले नयाँ दल प्रति बढ्दो आकर्षण बढाएको देखिन्छ । विगत २८ वर्ष देखी निरन्तर सरकारको नेतृत्व गरिरहेको लेबर पार्टीको विकल्पको खोजीमा त्यहाँका जनताहरू रहेको बुझिएको छ ।

अष्ट्रेलिया क्यापिटल ट्रेरोटोरीमा इन्डिपेन्डेन्स फोर क्यान्बेरा नाम गरेको नयाँ राजनीति दल हो । सोही पार्टीबाट स्नेहा चुनाव लड्ने भएकी हुन् । उनी त्यहाँ स्थित निर्वाचन क्षेत्रका मतदाताकै राय सल्लाहना चुनावमा होमिएकी छन् । बाँके जिल्लाको नेपालगन्जमा जन्मिएकी स्नेहा लामो समयदेखि अष्ट्रेलिया बस्दै आएकी थिइन् । उनले त्यहाँको बासिन्दा भइसकेकी छन् । उनी २०११ मा अस्ट्रेलिया गएकी थिइन् । स्नेहा नेपालमा हुँदा रजिस्टर्ड नर्स थिइन् । यति मात्र होइन उनी अभिनेतृ समेत हुन् । उनले नाम चलेका विज्ञापन र म्युजिक भिडियोमा नेपाल हुँदा अभिनय समेत गरिसकेकी थिइन् । उनी पूर्व सञ्चारकर्मी समेत हुन् । उनले नेपालको एक टेलिभिजनमा समेत आबद्ध भई काम गरिसकेकी छन् ।

उनले विदेशमा हुँदा विभिन्न सँग सङ्गठनमा आबद्ध रही नेतृत्वदायी भूमिका निर्वाह गरी सकेकी छन् । नेतृत्व गर्न अब्बल क्षमता भएकी स्नेहा समाज सेवा भनेपछि भुतुक्कै हुन्थिन्। राजनीतिका मध्यमबाट समाज सेवा गर्नुपर्छ र राजनीतिलाई सेवाका रूपमा लिनुपर्छ भन्ने धारणा उनी सानै देखी राख्थिन्। राजनीति निस्वार्थ भावनाले जनताको सेवाका लागी गर्नुपर्छ, राजनीति कुनै पेसा होइन सेवा हो, राजनीति कुनै आयआर्जन र आम्दानीको श्रोत होइन, जीवन भर जनताको सेवक हुन्छु भन्नेले मात्रै राजनीतिमा लाग्नुपर्छ भन्ने मेरो मान्यता हो स्नेहाले टेलिफोन भनिन्। आफ्नो सानै देखी समाज सेवामा रुचि रहेकी उनी बताउँछिन् ।

त्यहाँको स्वास्थ्य अवस्था सुधारका लागि आफू निर्वाचनमा होमिएको उल्लेख गर्दै उनी भन्छिन्, मलाई पहिला यहाँ आउँदा यो समाज व्यवस्थित लाग्थ्यो, तर काम गर्दै जाँदा यहाँ हरेक कुरामा अनियमितता हुने गरेको मैले देखे । म यहीँ ठाउँको बासिन्दा भइसकेपछि यो क्षेत्र सुधार गर्नु मेरो पनि दायित्व हो भन्ने कुरा महसुस गरेँ । विशेष गरी यहाँ स्वास्थ्य क्षेत्रको अवस्था भयानक छ । यहाँ स्वास्थ्य संस्थामा धेरै अनियमितता हुन्छ । मेरो जित भयो भने यो सुधार गर्ने मेरो पहिलो योजना छ । स्वास्थ्य क्षेत्र सुधार गर्ने उद्देश्य सहित निर्वाचनमा होमिएकी स्नेहाले थप्दै भनिन्, म बिरामी भएर इमर्जेन्सीमा जाँदा रात भरी कुरेकी छु, यहाँ चिकित्सकको अभावका कारण बिरामीहरूले सास्ती खेप्दै आएका छन् , उपचारका लागि टाढा जानुपर्ने बाध्यता छ यो जटिल समस्या हटाउनुपर्छ भन्ने मेरो योजना हो ।

आफू बस्ने ठाउँको अवस्था परिवर्तन गर्नु सबै नागरिकको कर्तव्य भएकाले आफू चुनाव लड्न लागेको उनको भनाई छ । मानव सेवा गर्नुपर्छ भन्ने उद्देश्यले मानव सेवा गर्न सबैभन्दा उपयुक्त यहीँ राजनीति लागेको स्नेहाले बताइन् । यसमा कुनै भूगोल र नागरिकताले रोक्नु हुँदैन भन्ने उनको धारणा छ ।

अष्ट्रेलियामा ८ वटा प्रान्तहरू छन् । अष्ट्रेलियान क्यापिटल ट्रेटोरीमा २५ जनाको सरकार बनाउने गरेका छन् । चुनावी प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार बाहेक इन्डिपेन्डेन्स फोर क्याम्बेरिय, लेबर, लिबरल, ग्रीन्स जस्ता अन्य पार्टीहरू समेत होमिएका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS