images
images
images

सहकारी ठगी प्रकरणः कार्यादेशमा चार बुँदे सहमति

काठमाडौं– सहकारीको रकम अपचलनबारे गठन गरिने भनिएको संसदीय छानबिन समितिको कार्यादेश(टीओआर)बारे शीर्ष दलहरुबीच चार बुँदे सहमति भएको छ । मङ्गलवार सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा बसेको कार्यदलको बैठकले चार बुँदे सहमति गरेका कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए ।

कार्यादलले समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्याग्रस्त सहकारीको विषय हेर्ने, गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानबिन गर्नेर गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने गरी चार बुँदामा सहमति गरेको हो ।

उक्त सहमतिलाई आज बस्ने सङ्घीय सांसदबाट अनुमोदन गरिने भएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS