images
images

कोशी प्रदेश सरकार विवादको पेशी न्यायाधीशद्वय शर्मा र सुवेदीको इजलासमा

काठमाडौं– कोशी प्रदेश सरकार गठन सम्बन्धी विवाद न्यायाधीशद्धय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा पेशी तोकिएको छ। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट आज दोस्रो नम्बरको पेशीमा तोकिएको छ।

केदारलाई पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि उनी सर्वोच्च पुगेका हुन् ।

गत वैशाख २६ गते तत्कालीन मुख्यमन्त्री रहेका केदारलाई स्वतः पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले २७ गते हिक्मतलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए। यता, केदार पनि सोही उपधारा अनुसार २७ असोजमा नियुक्त भएका हुन्।

त्यसपछि, केदारले हालका मुख्यमन्त्री हिक्मतलाई पदमुक्त गरी आफूलाई निरन्तरता दिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS