images

त्रिविको सम्पत्ति खोजी गर्न पूर्व सचिव त्रितालको संयोजकत्वमा समिति गठन

काठमाडौं–सरकारले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेको जग्गाको अध्ययन, अनुसन्धान, छानबिन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोजी गर्न नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिले लगत सङ्कलन, संरक्षण, उपभोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिए । समिति सदस्यहरूमा नेपाल सरकारका पूर्व सहसचिव द्वय महेन्द्रकुमार थापा र जानकी वल्लभ अधिकारी रहेका छन् ।

त्यस्तै प्रा.डा. प्रेम सागर थापा त्रिवि विज्ञ सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव रहने पनि उनले जानकारी दिए ।