images
images

श्रमिक कम्युनिस्ट पार्टी गठन,कुलमान घिसिङदेखि कैलाश सिरोहियासम्म नामुद भ्रष्टाचारीको सूचीमा

काठमाडौं–श्रमिक कम्युनिस्ट पार्टीको गठन भएको छ । मोहन वैध नेतृत्वको नेकपा बहुमत र तत्कालीन नेकपा क्रान्तिकारीबीचको एकता प्रयास असफल भएको घोषणा गर्दै श्रमिक कम्युनिस्ट पार्टीको गठन गरिएको हो ।

पूर्णबहादुर सिंह समरजङ्गको अध्यक्षता पार्टीको गठन गरिएको हो । पार्टीका अध्यक्ष समरजङ्गले नक्कली कम्युनिस्टहरूका कारण नेपालको कम्युनिस्ट आन्दोलन नै बदनाम र विघटन हुँदै गरेकोभन्दै पुँजीवादी संसदीय व्यवस्था र सबै खाले संशोधनवाद९अवसरवादका विरुद्ध वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशाको अनुरूप पार्टीको गठन गरिएको बताए ।

त्यसै गरी उक्त पार्टीले नेपालका नामुद भ्रष्टाचारीहरूको प्रथम कालोसूची तयार पारेको छ । उक्त पार्टीको भ्रष्टाचारीहरूको सूचीमा नेपाल विधुत प्राधिकरणका कुलमान घिसिङदेखि कान्तिपुर पब्लिकेसनमा अध्यक्ष कैलाश सिरोहिया गरी १२ जनालाई सूचिकृत गरेको छ ।
हेर्नुहोस् श्रमिक कम्युनिस्ट पार्टीको कालोसूचीमा रहेका व्यक्तिहरू
१.कैलाश सिरोहिया९ नागरिकता मुद्दा, हिमालय रे बिमा, चन्द्रागिरि हिल्स, सुमार्गी जग्गा मुद्दा
२.कुलमान घिसिङ ठेक्का, पीपीए र विद्युत् महसुलमा घोटाला
३.मोहनबहादुर बस्नेत-टेरामक्स प्रकरण
४. रोशन पोखरेल, स्वास्थ्य सचिव स्वास्थ्य उपकरण खरिदमा सेटिङ मिलाउने
५. ल्यारक्याल लामा बुढानीलकण्ठ जग्गा अतिक्रमण
६. प्रेम राई शरणार्थी केस, टेराम्याक्स, आयल कर्पोरेसन जग्गा, वाइड बडी
७. गोपाल खड्का, पूर्व प्रबन्ध निर्देशक, नेपाल आयल निगम
८. प्रदीप अधिकारी एयरपोर्ट ग्राउन्ड ह्यान्डलिङ क्यान डीजी
९. उदय मोहन श्रेष्ठ९ चर्खा गुठी जग्गा घोटाला
१०. प्रेमप्रसाद लामिछाने चर्खा गुठी सीईओ
११. विशाल अग्रवाल९ बाल सङ्गठनको जग्गा कब्जा
१२. डिल्लीराम अधिकारी फोरजी सेवा विस्तारमा घोटाला

साथै सहकारी घोटामा संलग्न भ्रष्टाचारी, सेटिङमा कमिसन, शरणार्थी प्रकरण, सुन काण्ड, शरणार्थी काण्ड, टेरामक्स प्रकरण, यूटीएल काण्ड, शैक्षिक एवम् स्वास्थ्य माफिया, गिरिबन्धु टी स्टेटलगायत घोटाला र काण्डमा संलग्न गिरोहहरू समेत कालो सूचीमा रहेको उल्लेख गरेको छ ।

प्रेस विज्ञप्ति जस्ताकाे त्यस्तै

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS