images
images

बजेट निर्माणमा छलफल नगरेको भन्दै एमालेको असन्तुष्टि

काठमाडौं– सत्तारुढ नेकपा एमालेले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणका क्रममा अर्थमन्त्री वर्षमान पुनले कुनै सल्लाह सुझाव नलिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिने क्रममा पूर्व अर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले असन्तुष्टि व्यक्त गरे।

उनले बजेटमा केही कमजोरी र समस्या देखिएको भन्दै तयारीकै बेला अर्थमन्त्रीले सल्लाह गरेको भए ती नदेखिने बताए ।

‘हामीलाई थाहा छ अर्थमन्त्री व्यस्त हुनु भयो, उहाँको व्यस्तता हामीले बुझेका छौँ’, उनले भने, ‘व्यस्तताका कारण सरकारमा रहेका दलका नेताहरूसँग सुझाव लिन भ्याउनु भएन । म अर्थमन्त्रीको व्यस्तता बुझ्छु’, उनले भने, ‘तर हामीसँग, सत्ता साझेदारहरूसँग बजेट बनाउँदा सल्लाह लिनु भएको भए राम्रो हुन्थ्यो ।’

यस अघि शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत बजेट माथि असन्तुष्टि व्यक्त गरेका थिए । कांग्रेसले भने आलु,प्याज लगायतका वस्तु आयातमा छुट दिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS