images
images

केपी ओलीलाई मेयर बालेनको चेतावनी, १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनतालाई नझुक्क्याउनु होला

काठमाडौं–काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धुका पीडितहरूको बैना फिर्ता दिन आग्रह गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत लेख्दै मेयर बालेन शाहले गिरिबन्धुको १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउन आग्रह गरेका छन् ।

उनले लेखेका छन्,’झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईँको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईँलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’

उनले न्यूरोडको सडक निर्माणमा हस्तक्षेप गरेको भन्दै उनले थप लेख्दै भनेका छन्,’यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईँको शक्तिले अब रिङ रोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो ।’

पछिल्लो समय केपी शर्मा ओलीले बालेनलाई घोचपेच हुने गरी दिएको अभिव्यक्तिपछि मेयर बालेन शाहले फेसबुकमार्फत नै आक्रोश व्यक्त गरेका हुन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS