images
images
images

वैदेशिक ऋण लिएर सङ्घीयता धान्ने कुरा गलत छः चित्रबहादुर केसी

काठमाडौं–राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले वैदेशिक ऋण लिएर सङ्घीयता धान्ने कुरा गलत भएको टिप्पणी गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन । सांसद केसीले सङ्घीय संरचनाका कारण मुलुकमा साधारणतर्फको खर्चको अनावश्यक बोझ नेपाली जनताले झेल्नुपरेको दाबी गर्दै उनीहरूलाई त्यसबाट मुक्त गराउन पनि आफूहरूले सङ्घीयता खारेजी गर्नुपर्ने कुरामा जोड दिनु परेको बताए । उनले सङ्घीयता कायम राखेर मुलुकमा साधारणतर्फको खर्च घटाउन नसक्ने कुरामा ख्याल गर्न पनि सरकारलाई सचेत गराए । सांसद केसीले सङ्घीय संरचना रहेसम्म आम नेपाली जनताले आर्थिक बोझ झेलिरहनुपर्ने तर्क समेत गरे ।

उनले भने, ‘साधारणतर्फ हाम्रो खर्च यसरी किन बढी रहेको छ रु के त्यसको निदान केही सरकारी संरचना हटाएर हुन्छ त रु निश्चित रूपले त्यो सम्भव छैन । साधारण तर्फको बढ्दो बजेट भोलुमको मुख्य कारण सङ्घीयता हो । सङ्घीयताका कारणले साधारणतर्फको खर्च बढेको छ । साधारणतर्फ बढेको खर्चलाई पूर्ति गर्न करको दायरा वर्षैपिच्छे बढाउनु परेको छ । जसको परिणाम नेपाली जनतामाथि अनावश्यक प्रकारको आर्थिक बोझ थपिँदै गएको छ । त्यसैले सङ्घीयतालाई कायम राखेर साधारणतर्फको खर्च घटाउन सकिन्न । र मुलुकलाई सङ्घीयताका कारण उत्पन्न बोझबाट मुक्त गर्न सकिन्न । त्यसैले सङ्घीयताको खारेजीमा हाम्रो दलले जोड दिँदै आएको छ । वैदेशिक ऋण लिएर सङ्घीय संरचना धान्ने कुरा गलत भएकाले सङ्घीय संरचना हटाउन पर्छ ।’

सांसद केसीले उत्पादन र उत्पादकत्वमा वृद्धिमा सरकारले बजेटको व्यवस्था गर्न नसकेको पनि बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS