images
images
images

कुलमान घिसिङलाई निलम्बन गर्न नेमकिपाको माग

काठमाडौं– नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गर्न माग गरेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गरी छानबिन गर्न माग गरेका हुन् ।

मङ्गलवार सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले घिसिङविरुद्ध डेडिकेटेट र ट्रङ्क लाइन विद्युत् उपभोग गरेकाहरूसँग अर्बौँ रुपैयाँ असुल नगरेको, चिलिमे त्रिशूली ठेक्का समयमै पूरा नगरेका ठेकेदारलाई कारबाही नगरेको जस्ता विविध आरोप लागेको बताउँदै घिसिङलाई निलम्बन गरी छानबिनको दायरमा ल्याउनु पर्नेमा जोड दिए ।

सांसद सुवालले भने, ‘नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध डेडिकेटेट र ट्रङ्क लाइन विद्युत् उपभोग गरेकाहरूसँग २०–२५ अर्ब रुपैयाँ असुल नगरेको, चिलिमे त्रिशूली ठेक्का समयमै पूरा नगरेका ठेकेदारलाई कारबाही नगरेको, ६ अर्बको ट्रान्सफर्मर खरिद गर्दा कमिसनको पछि लागेको, विद्युत् नियमन आयोगको सिफारिसबिना पीपीए गरी राज्यलाई करोडौँको नोक्सानी पुर्‍याएको, ५५ करोडको शेयर नौ करोडमा खरिद गरी भ्रष्टाचार गरेको जस्ता विविध आरोप लागेको हुँदा कार्यकारी घिसिङलाई निलम्बन गरी छानबिन गर्नु जरुरी छ ।’

पछिल्लो समय नेपाल विधुत प्राधिकरणले गर्मी बढ्दै जाँदा सेवाग्राहीलाई जानकारी नदिएर तराईका जिल्लाहरूमा विधुत कटौती गरेको भन्दै यस अघि पनि सङ्घीय संसद्मा आवाज उठेको थियो । विधुत प्राधिकरणले भारतलाई विधुत बेच्ने भनेको भए पनि आफ्नै जनतालाई सर्वसुलभ र विधुत सेवा नपुगाएको भन्दै घिसिङको आलोचना भइरहेको छ । साथै यस प्रकरणमा स्पेस फोरके टेलिभिजन र स्पेस समाचारलाई निरन्तर रूपमा खबरदारी गर्दै आएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS