images
images

सीता दाहाललाई सम्झिँने बजेटले दिल बहादुर रम्तेललाई बिर्सियोः अर्थविद् डा दंगाल

काठमाडौं–अर्थविद् डा दिलनाथ दंगालले सरकारले ल्याएको २०८१/०८२ को बजेट कार्यान्वयनमा चुनौती रहेको बताएका छन् । स्पेस फोरके टेलिभिजनको स्पेस संवादमा कुराकानी गर्दै डा. दंगालले राजस्व सङ्कलनको लक्ष्य समेत महत्त्वाकाङ्क्षी रहेको बताए ।

उनले २०७२ सालको विनाशकारी भूकम्प हुँदै कोरोना महामारीसम्म आइपुग्दा थिलथिलो बनेको अर्थतन्त्रलाई रुस–युक्रेन र इजरायल–हमासको युद्धले थप जटिल बनेको बताए । त्यसै गरि डा दंगालले सरकारले ल्याएको बजेटमा समेत शक्तिको दुरुपयोग गरेको आरोप लगाउँदै परिवारवादमा प्रवेश गरेको इङ्गित गरे । उनले भने,’प्रधानमन्त्री पत्नी सीता दाहाललाई समेटेको बजेटले सशस्त्र द्वन्द्वका पहिलो सहिद दिल बहादुर रम्तेलालाई बिर्सिएछ ।’

अर्थविद् डा दंगालले फरक बोल्दै काठमाडौं मुलुकको सङ्घीय राजधानी मात्रै नभई आर्थिक राजधानी समेत रहेकाले पूर्वाधार विकासदेखि सिटी योजनामा सरकारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने औँल्याए । काठमाडौं महानगरलाई व्यवस्थित पार्ने मेयर बालेन शाहमाथि हस्तक्षेप मात्रै नभई समस्या समाधान गर्न सक्नु पर्नेमा दंगालको जोड छ ।

संसदमा बजेटमाथि भइरहेको छलफल कर्मकाण्डी र व्यर्थ रहेको आरोप लगाए । उनले सांसदहरूको बजेटमाथिको छलफलमा सक्रिय भूमिका नभई झारो टार्ने काम मात्रै भएको दाबी गरे ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS