images

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ सार्वजनिक

काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ सार्वजनिक गरेको छ।

गत जेठ १ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । मन्त्रीपरिषद्को २०७५ आषाढ ३२ को निर्णयबाट तत्कालीन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलको अध्यक्षतामा २५ सदस्यीय उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग गठन भएको थियो।

उक्त आयोगले ५ महिना ७ दिन समय लगाएर विभिन्न ३१ वटा परिच्छेदमा प्रतिवेदनलाई सङ्गठित गरी २०७५ माघ १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पेश गरेको थियो।

कुल ४९९ पृष्ठ रहेको उक्त प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शिक्षा मन्त्रालयमा हालै मात्र प्राप्त भएको थियो। बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगका अध्यक्ष तत्कालीन शिक्षा मन्त्री माननीय गिरिराजमणि पोख्रेल आयोगका १६ सदस्यको उपस्थितिमा भएको छलफल कार्यक्रममा प्रतिवेदनलाई सर्वसाधारण लगायत सबैको जानकारीको लागि मन्त्रालयको वेबसाइटमा सार्वजनिक गर्न सुझाव दिएका थिए।

पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय आयोगले प्रतिवेदन सरकारलाई बुझाएको थियो। सदस्यमा पूर्व शिक्षामन्त्रीहरू डा। गङ्गालाल तुलाधर र डी। आर। पौडेल रहेका थिए । त्यसै गरी सदस्यहरूमा डा। उषा झा, संविधान सभा सदस्य श्यामकुमार श्रेष्ठ, प्रा। डा। मीनबहादुर विष्ट, प्रा।डा। विद्यानाथ कोइराला, प्रा। डा। टङ्कनाथ शर्मा, प्रा। डा। मनिष पोखरेल, प्रा। डा। रामस्वार्थ राय, डा। सुशन आचार्य, डा। बाबुराम अधिकारी, विमलकुमार फुयाँल, चक्रमान विश्वकर्मा, प्रा। डा। सुजनबाबु मरहट्ठा, श्री नन्दकुमार थापा मगर, डा। कृष्णप्रसाद पौडेल, प्रा। भारती जोशी, प्रा। डा।शारदा थपलिया, । रमेशकुमार सिलवाल, लक्ष्मण शर्मा, डा। सदानन्द कँडेल, बाबुराम थापा, खगराज बराल ९तत्कालीन शिक्षा सचिव० रहेका थिए । सदस्य सचिवको रूपमा मन्त्रालयका सहसचिव वैकुण्ठप्रसाद अर्याल गरी २५ सदस्यीय उच्चस्तरीय आयोग गठन भएको थियो ।

प्रतिवेदन सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले प्रतिवेदनका सकारात्मक र सान्दर्भिक पक्ष कार्यान्वयनमा लैजाने बताएकी छिन्। ‘प्रधानमन्त्रीज्यूले गम्भीरतापूर्वक यो प्रतिवेदन खोजेर शिक्षा मन्त्रालयलाई प्रदान गर्नुभएको हो। उहाँकै नेतृत्वमा सरकारले प्रतिवेदनका सान्दर्भिक र सकारात्मक सिफारिसहरू कार्यान्वयनमा लैजानेछ’ उनले भनिन् ।