images
images

नापी कार्यालय कपिलवस्तुका सर्वेक्षक घुससहित रंगेहात पक्राउ

कपिलवस्तु– नापी कार्यालय चन्द्रौटा कपिलवस्तुका सर्वेक्षक बेचन प्रसाद गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलको टोलीले ३५ हजार नगद घुस सहित रंगेहात पक्राउ गरेको छ ।

कार्यालयका सर्वेक्षक बेचन प्रसाद गुप्तालाई अख्तियारको टोलीले कित्ताकाटमा सहजीकरण गर्नका लागि सेवा ग्राहीसँग घुस लिँदा लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो ।

सर्वेक्षक गुप्ता नापी कार्यालय चन्द्रौटालाई कार्यालय नजिकैबाट नगद रु ३५ हजार घुस लिँदा लिँदै र स्रोत नखुलेको रु ५० हजार नगदसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।