images
images

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री महासेठलाई 

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन भारत प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पाएका छन् ।
राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री महासेठलाई दिइएको जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ प्रधानमन्त्रीका रूपमा शपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली प्रस्थान गरेपछि प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री महासेठलाई तोकिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS