images
images
images

पारसको टिप्पणी: नेपाली क्रिकेटप्रति विश्लेषकहरूको वृद्धि भयो

काठमाडौं–नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपालले जारी आइसिसी टी २० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटप्रति विश्लेषकहरूको वृद्धि भएको टिप्पणी गरेका छन् ।

सोमवार ललितपुरमा सिजी फुड्स नेपाल लिमिटेडले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उनले उक्त प्रतिक्रिया जनाएका हुन । उनले नेपाल १० वर्षको अन्तरालपछि टी(२० विश्वकप खेलिरहेको तर एउटा खेल हारेसँगै क्रिकेट टिमप्रति धेरै विश्लेषक बढेको बताए । उनले अझै तीन वटा खेल बाँकी रहेको र नेपाली टिमले राम्रो खेल्ने बताए । उनले नेपाल क्रिकेटप्रतिको चासो र माया बढ्नु राम्रो रहेको बताए । उनले नेपाली क्रिकेट धेरै सङ्घर्षबाट यस स्थानमा आइपुगेको भन्दै क्रिकेटप्रतिको आशासँगै वास्तविकतामा बसेर विश्लेषण गर्न आग्रह गरे । उनले नेपाल विश्वका नम्बर वान देशहरूसँग खेलिरहेकाले एउटा खेलबाट मूल्याङ्कन नगर्न आग्रह गरे ।

उनले भने, ‘लगभग १० वर्षको अन्तरालपछि हामी अहिले टी २० विश्वकप खेलिरहेका छौँ । तीन वटा म्याच बाँकी छ । फर्स्ट म्याचको रिजल्ट पछि अलिकति हामी धेरै नै सबै जना क्रिकेट टिमप्रति धेरै नै विश्लेषकहरूको वृद्धि भएको छ । नेपाल क्रिकेटप्रतिको चासो र माया बढेको र त्यससँगै आशा पनि धेरे नै बढेको छ । तर मेरो विनम्र अनुरोध यो छ की नेपाली क्रिकेट धेरै नै सङ्घर्ष गरेर यहाँसम्म आइपुगेको हो । धेरै मान्छेहरूको सहयोगले यो स्थितिसम्म आएको छ । आशासँगै रियालिटीमा बसेर नेपाल विश्वकप खेल्दै छ । नेपाल विश्वका नम्बर वान देशहरूसँग खेल्दै छ । खेलाडीहरूले ज्यूज्यान लगाएर गर्नुभएको छ । क्यानले जे गर्न सक्थ्यो । त्यो गरेको छ । हामी सकारात्मक सोचका साथ अघि बढौँ ।’

उनले खेलाडीहरूका लागि क्यानले सक्ने जति सबै गरेको भन्दै सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS