images

सहकारी ठगी प्रकरणः जीवी राईविरुद्ध परेको मुद्दाको मिसिल झिकाउन सर्वोच्च अदालतको आदेश

काठमाडौं–सहकारी ठगी प्रकरणमा फरार रहँदै आएका जीवी राईको मुद्दाको मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको रिट निवेदनमाथिको सुनुवाइको क्रममा सर्वोच्च अदालतले उक्त आदेश दिएको हो ।

गृहमन्त्री रवि लामिछाने विरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइपछि न्यायाधीशद्वय डा.मनोज कुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले ‘मिसिल कागज झिकाउने’ भनी आदेश गरेको हो ।

रुपन्देही अदालतबाट जितेन्द्र बाबु (जिबी) राई प्रतिवादी भएको सहकारी ठगीको मुद्दाको मिसिल झिकाई यस मुद्दालाई अग्राधिकार दिई असार ४ गतेको पेसी तोकेको छ।

हेर्नुहोस् सर्वोच्चको आदेश