images
images

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौं–गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचित भएका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाले फ्लोर क्रस गरेर मत दिएपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका हुन्।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्छ । देवकोटाले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री पाण्डेले सभाको विश्वास प्राप्त गरेका हुन्। पाण्डेलाई स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले र  राप्रपाका दुइ जना सांसदहरूले  विश्वासकाे मत दिएका थिए ।

संविधानको धारा १६८ को उपधारा (३) अनुसार जेठ १६ गते नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए। प्रदेश सभाको सबैभन्दा ठुलो दल काङ्ग्रेससँग २७ मत रहेको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS